सुकिलुम्वा विमानस्थलका लागि बजेट अभाव

सुकिलुम्वा विमानस्थलका लागि बजेट अभाव

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

इलाम, २१ असोज ।

इलाम नगरपालिका–गोलाखर्कमा निर्माणाधीन फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलका लागि बजेट अभाव भएको छ ।

कच्ची धावनमार्ग बनिसकेको विमानस्थल सञ्चालनमा ल्याउन रु १३ करोड आवश्यक पर्नेमा सरकारले गत आवमा रु तीन करोड मात्रै छुट्याएको थियो । यो पटक कति बजेट विनियोजन भएको छ भन्नेमा निर्माणको जिम्मा पाएको नागरिक उड्डयन प्राधिकरणलाई नै थाहा छैन ।

जिल्लामा विमानस्थल नहुँदा इलामवासी चन्द्रगढी, विराटनगर र भारतसम्म पुगेर हवाई यात्रा गर्न बाध्य भएका छन् । बाँकी काम सम्पन्न गर्नका लागि पर्याप्त रकम माग गरिए पनि सरकारले थोरै मात्र बजेट विनियोजन गरेको छ, तर ठ्याक्कै बजेट कति हो भन्ने थाहा नभएको विमानस्थल आयोजना प्रमुख पशुपति राजवंशीले बताउनु भयो ।

गतवर्ष विनियोजन भएको रु तीन करोड अघिल्लो वर्षको भुक्तानी दिँदैमा आधाभन्दा धेरै सकिएको थियो भने थोरै मात्र उभ्रिएकाले ठोस काम हुन नसकेको फाल्गुनन्द–सुकिलुम्वा विमानस्थल आयोजनाले जनाएको छ ।

विमानस्थलको ६० मिटर चौडा र ७६० मिटर लम्बाइ भएको कच्ची धावनमार्ग निर्माण पूरा भएको थियो । रु सात करोड खर्चेर विमानस्थलमा धावनमार्गसहित ग्याविन वाल र कल्भर्टसमेत निर्माण भइसकेको छ ।

विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरको भवन निर्माण र धावनमार्ग कालोपत्रे गर्ने काम प्रमुख र खर्चिलो रहेको प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी