फिफा अध्यक्ष ब्लाटर निलम्बित

फिफा अध्यक्ष ब्लाटर निलम्बित

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,२१ असोज ।

फुटबलको सबोच्च निकाय फिफाले अध्यक्ष सेप ब्लाटरलाई निलम्बित गरेको छ । ब्लाटरलाई ९० दिनका लागि फिफाले अस्थायी रुपमा निलम्बित गरेको हो । फिफाको अनुशासन कमिटिले ब्लाटरलाई निलम्बित गर्न सिफारिस गरेको थियो ।

निलम्बीत बारे आज औपचारिक निर्णय हुने जनाइएको छ । स्वीस अधिकारीले ब्लाटर विरुद्ध आपराधिक अनुसन्धान सुरु गरेकाले अनुसन्धानलाई प्रभावकारी बनाउन ब्लाटरलाई निलम्बन गर्ने निर्णय गरिएको फिफाको अनुशासन कमिटिले जनाएको छ ।

ब्लाटरमाथि युरोपियन फुटबल युइएफएका अध्यक्ष मिशेल प्लाटिनीसँग फिफाको हित विपरित सम्झौता गरेर रकम हिनामिना गरेको आरोप लागेको छ । तर ब्लाटर र प्लाटिनी दुवैले आरोप अस्विकार गर्दै आएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी