कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दै

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २१ असोज ।  

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बिहान ९ बजेपछि सुरुहुनेछ ।

आजको बैठकमा समसमायिक राजनितिक परिस्थित र नयाँ सरकार गठनका बारेमा छलफल हुने कांग्रेस नेता गगन थापाले जानकारी दिनुभयो ।

यसअघि हिजो बसेको पहिलो बैठकले १३ महाधिवेशनको मिति तय गरेको थियो । बैठकले पार्टीको महाधिवेशन आगामी फागुन २० देखि २३ सम्ममा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गर्नुभएको महाधिवेशन कार्यतालिका केन्द्रिय कार्यसमिति बैठकले पारित गरेको हो । कार्यतालिका अनुसार माघ १५ गते गाउँनगर तथा वडाको निर्वाचन हुने छ भने माघ २२ मा क्षेत्रीय अधिवेशन हुने छ ।

माघ २५ मा जिल्ला अधिवेशन हुनेछ । यसअघि तोकिएको मितिमा महाधिवेशन भएको थिएन । नयाँ संविधान जारी भएपछि संविधानको व्यवस्थाअनुसार यही कार्यसमितिको ६ महिना म्याद थप गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी