मधेशको माग संबोधन भए दुई दिनमा नाका खुल्छ :मधेसी नेता

मधेशको माग संबोधन भए दुई दिनमा नाका खुल्छ :मधेसी नेता

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २० असोज ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेशीको माग संबोधन भएको दुई दिन भित्र नाका खुल्ने बताउनु भएको छ ।
मिडिया इन्टरनेसनलद्वारा आयोजित साक्षात्कारमा कर्णले यदी सरकारले मधेशमा जारी आन्दोलनलाई ध्यान दिने हो भने वार्ताबाट समस्या समाधान गरी दुई दिनभित्र नाका खुल्ने दावी गर्नुभयो ।

पछिल्लो पटक इन्धनलगायतमा गरिएको नाका बन्द भारतले भन्दा पनि मधेसमा भइरहेको आन्दोलनका कारण भएको उहाँको भनाइ छ । उहाले सहमतिका लागि सरकार गम्भीर नभएको धारणा राख्नु भएको छ ।

कर्णले तीन दलका प्रतिनिधिसँग दुई पटक वार्तामा बस्दासमेत सरकारको तर्फबाट ठोस प्रस्ताव आउन नसकेको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले आन्दोलनका क्रममा घाइते भएकालाई निःशुल्क उपचार गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने र बन्दीलाई तत्काल रिहाइ गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले वार्ताको क्रममा देखिएका विभिन्न समस्याको बीच पनि अबको २÷३ दिनभित्रमा सहमति हुने जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी