काठमाडौँ, २० असोज । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको १३ औँ महाधिवेशन आउँदो फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
केन्द्रीय महाधिवेशनअघि माघ १५ गते वडा, गाउँ र नगर, माघ २२ गते क्षेत्र र माघ २५ गते जिल्ला अधिवेशनसमेत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकले अहिले भइरहेको अघोषित नाकाबन्दी खुलाउन सक्दो प्रयास गर्न सरकारसँग अनुरोध गरेको छ ।
सरकारको आगामी नेतृत्वको विषयमा आजको बैठकमा केही केन्द्रीय सदस्यले आफ्नो धारणा राखे पनि पार्टीले ठोस निर्णय बिहीबार बिहान बस्ने बैठकले गर्ने प्रवक्ता बडूले जानकारी दिनुभयो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline