काठमाडौ २० असोज ।
नवलपरासीको बर्दघाटमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।
बुटवलबाट नारायणगढका लागि छुटेका ना ४ ख ६४ ०१ नम्बरको बसले बर्दघाट–९ मा ठक्कर दिँदा बाटोमा हिँडिरहेकी १४ वर्षीय बालिका सरस्वती चौधरीको मृत्यु प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घाइतेहरुको चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline