कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २० असोज ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरपछि सुरु हुने कार्यसमितिको बैठक पार्टीको १३ औ महाधिवेसनमा केन्द्रित हुने प्रवत्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो ।

कंग्रेसको हिजो बसेको पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका तय गर्ने प्रवक्ता बडुले बताउनुभयो ।

बैठकमा नयाँ सरकार गठन सम्बन्धमा समेत छलफल हुने बताइएको छ । नयाँ सरकारका लागि पार्टी भित्रैबाट प्रधानमन्त्रीको उम्मेद्वार बनाउने विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रमुख ४ दलबीच भएको भनिएको भद्र सहमति कार्यान्वयन गर्न दबाब परिरहेका बेला कंग्रेसले एमाले अध्यक्ष केपी ओलीको विकल्प पार्टी भित्रैबाट खोज्न लागेको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले यसअघि भएको भनिएको भद्र सहमतिबारे प्रधानमन्त्री एवम् पार्टी सभापति कोइरालासंग स्पष्ट पार्न आग्रह गर्ने तयारी गरेका छन् ।

पार्टी भित्रैबाट प्रधानमन्त्रीको उम्मेद्वार दिनुपर्छ भन्नेमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले जोड दिदै आएको छ । संविधान जारी गर्ने नेतृत्व लिइसकेपछि त्यसको कार्यान्वयनका लागि समेत कंग्रेसले सरकारको नेतृत्व लिनुपर्ने सो पक्षको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी