काठमाडौं, २० असोज ।
मधेस आन्दोलनलाई सरकार र प्रमुख राजनीतिक दलले उपेक्षा गर्दै आएको भन्दै नेपाल सदभावना पार्टीसहित संघीय मधेसी मोर्चाले अन्तर्रा्ष्ट्रिय समुदायको ध्यानाकृष्ट गराउन तराई–मधेसमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले प्रमुख दलहरु कांग्रेस, एमाले र एमाओवादीले नयाँ संविधानमा मधेसी जनताको सहमति रहेको दाबी गर्दै नयाँ सारसंविधानको विरोधमा मधेसको सानो समूह रहेको बताउँदै आएका कारण हस्ताक्षरमार्फत जनमत सार्वजनिक गर्न थालिएको बताउनुभयो ।
उहाले साताव्यापी रुपमा हस्ताक्षर संकलन भइरहेको भन्दै तराई–मधेसबाट ४० लाख जनताको हस्ताक्षर संकलन गर्ने संकलित हस्ताक्षर संयुक्त राष्ट्रसंघ समक्ष बुझाइने अध्यक्ष झाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline