काठमाडौँ सहरलाई सुन्दर र हराभरा बनाउन बोटबिरुवा रापिँदै

काठमाडौँ सहरलाई सुन्दर र हराभरा बनाउन बोटबिरुवा रापिँदै

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, २० असोज । काठमाडौँ सहरलाई थप सुन्दर र हराभरा बनाउने मुख्य उद्देश्यका साथ बोटबिरुवा रोप्ने काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरका अनुसार हालसम्ममा त्रिपुरेश्वर, थापाथली, भद्रकालीदेखि सिंहदरबारसम्मको क्षेत्रमा झन्डै तीन सय गमलामा बोटबिरुवा रोप्ने काम सकिसकेको छ ।

त्यसैगरी तत्कालका लागि राष्ट्रिय सभागृहको अगाडि, बानेश्वर चोक र एअरपोर्टमा बिरुवा रोप्ने तयारी रहेको छ भने अन्य स्थानमा पनि आवश्यकता र रोपेका बोटबिरुवालाई संरक्षण गर्न सहज हुनेगरी बिरुवा रोपिने कुँवरले जानकारी दिनुभयो ।

विभागका अनुसार सार्क शिखर सम्मेलनमा रोपेको धेरै स्थानको बोटबिरुवाको संरक्षण गर्न नसकेकाले संरक्षण गर्न सहज होस् भनेर पनि यो अभियान सुरु गरेको हो । अहिले सहरका केही मुख्य स्थानमा सडक पुनः निर्माणको काम भइरहेकाले ती स्थानमा भने निर्माणको काम सकेर मात्र बोटबिरुवा लगाइने छ ।

सम्मेलनको समयमा रोपिएका बिरुवाको अधिकांश स्थानमा संरक्षण हुन सकेको छैन । धेरै स्थानको गमलासमेत फुटाइसकेकाले अहिले सम्मेलनको समयमा लगाएको र संरक्षण हुन नसकेको स्थानको गमला र बोटबिरुवालाई पनि अन्यत्र स्थानमा सारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी