भारतको अघोषित नकाबन्दीका कारण इन्धनको अभाव चुलिँदै, कालो बजारीेको आरोपमो एक जना पक्राउ

भारतको अघोषित नकाबन्दीका कारण इन्धनको अभाव चुलिँदै, कालो बजारीेको आरोपमो एक जना पक्राउ

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २० असोज ।

भारतीय नाकाबाट अवरोध भएसँगै नेपालमा इन्धनकोअभाव चुलिँदै गएको छ । तराई मधेसमा लामो समयदेखि भैरहेको आन्दोलन र पछिल्लो पटक भारतीय पक्षबाट गरिएको अघोषित नाकाबन्दीले नेपालमा इन्धन अभाव थप जटिल बन्दै गएको होे ।

अहिले नेपाल आयल निगमले मौज्दातमा रहेको पेट्रोलियम पदार्थ सार्वजनिक सवारी साधन तथा पर्यटक सेवामा सञ्चालित सवारी साधनलाई जोर बिजोर नम्बर अनुसार जोर बिजोर गते मात्र वितरण गरिरहेको छ । अति आवश्यक सेवामा प्रयोग हुने जेनेरेटरलाई जर्किन वा ड्रममा सीमित मात्रामा वितरण भैरहेको छ ।

तर निजी सवारी साधन तथा ट्रिपर, ट्रक, मिनिट्रक र निर्माण सेवाका साधनलाई इन्धन नदिइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले भारतले इन्धन नदिँदा दैनिक झण्डै ३ करोड रुपैयाँ घाटा भइरहेको बताएको छ । इन्धनको सहज आपूर्तिका लागि हरेक दिनजसो भारतीय आयल निगमलाई पत्र पठाउँदै आएको भएपनि अहिलेसम्म भारतीय पक्षबाट कुनै जवाफ नआएको नेपाल आयल निगमले जनाएको छ ।

नेपालले अहिलेसम्मको क्षतिपूर्ति तिर्नुपर्ने चेतावनी सहितको पत्र आइतबार आइओसीलाई पठाएको थियो । दैनिक झण्डै ३ सय ५० ट्यांकर इन्धन नेपाल आउनुपर्नेम अघोषित नाकाबन्दीपछि औषतमा ३५ वटा मात्र इन्धन बोकेका गाडी नेपाल आएका छन् ।

यसैबीच इन्धनको कालो बजारी गरेको आरोपमा चितवनमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माडी नगरपालिका–५ का खुमप्रसाद भट्टराईलाई इन्धनको कालो बजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

भट्टराइलाई एक सय ६० लिटर पेट्रोल र एक सय ४० लिटर डिजेलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।

बजारमा पेट्रोलियम पदार्थको अभाव भएका बेला भट्टराईले आफूसँग भएको पेट्रोल प्रति लिटर दुई सय ५० र डिजेल प्रति लिटर दुई सय रुपैयाँका दरले बिक्री गर्ने गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी