नौतनवामा भारतीयद्धारा नेपाली गृहिणीमाथि दुर्व्यवहार

नौतनवामा भारतीयद्धारा नेपाली गृहिणीमाथि दुर्व्यवहार

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २० असोज ।

भारतको सुनौली तथा नौतनवा बजारमा किनमेल गर्न गएका ५ नेपाली गृहिणीमाथि भारतीय पक्षले दुर्व्यवहार गरेका छन् ।

नौतनवामा किनमेल गरेर फर्किदै गरेका सालझण्डी निवासी रमकला फौडेल, सोही स्थानकी अनिता शर्मा, बुटवल उपमहानगरपालिका बेलबासकी सम्झना गुरुङ र मणिग्रामकी देवी भुसालले भारतीय व्यापारीले आफूहरुमाथि दुर्व्यवहार गरेको बताएको छ । ती व्यापारीले आफूहरुसँग अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको उनीहरुको भनाई छ ।

सुनौली र नौतनवामा नेपाली महिलामाथि दुर्व्यवहार भएसँगै अहिले नेपाली सुरक्षा अधिकारीहरुले केहीदिनका लागि भारत तर्फ नजान आग्रह गर्दै फर्काउने गरेका छन् ।

यस्तै मधेशी मोर्चाका कार्यकर्ताले भारतीय सेनामा कार्यरत भई घरबिदामा नेपाल फर्किदै गरेका एकजना सैनिक र ट्रकचालकलाई पनि सुनौलीमा कुटपिट गरेका छन् ।

भारतीय सेनामा कार्यरत बुटवल देवीनगरका गणेश थापालाई बिदामा घर फर्किने क्रममा सुनौलीमा मोर्चाका कार्यकर्ताले सांघातिक हमला गरी घाइते बनाएका हुन् ।  उनको टाउकाको दायाँ भागमा चोट लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ