युरोपेली मुलुकले सहयोग गर्ने

युरोपेली मुलुकले सहयोग गर्ने

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, १९ असोज ।

 भारतको नाकाबन्दीले आपूर्ति ठप्प भएर जनजीवन कष्ट भएकोप्रति चासो व्यक्त गर्दै युरोपेली मुलुकहरूले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
काठमाडौंस्थित युरोपेली मुलुकहरू र तिनको संगठन प्रमुखले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवं वितरण व्यवस्था मिलाउन भएका प्रयासमा जोड दिँदै आफूहरू सहयोग गर्न तयार रहेको जनाएका हुन् ।
बेलायत, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नर्वे, स्विट्जरल्यान्डलगायत युरोपेली मुलुकको संगठन युरोपेली युनियनका काठमाडौंस्थित नियोग प्रमुखहरूले मंगलबार संयुक्त वक्तव्य जारी गरी अहिलेको असहज अवस्थाले तराई र अन्य क्षेत्रका विपन्न वर्ग प्रभावित भएको भन्दै चासो व्यक्त गरेको हो ।
वर्तमान असहज परिस्थितिप्रति जानकार रहेको भन्दै उनीहरूले अहिलेको परिस्थितिको शीघ्र अन्त्य हुने आशासमेत व्यक्त गरेका छन् । सहमति र उत्तरदायी भावनाका साथ थालिएको पछिल्लो वार्तालाई परिणाममुखी तुल्याउनसमेत उनीहरूले सम्बद्ध सबैलाई सकारात्मक निष्कर्षका लागि प्रोत्साहन गर्दै छिटो समाधान नकाल्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ