काठमाडौँ, १९ असोज । प्रधान सेनापति ट्रफि खेलकूद प्रतियोगिता लगनखेलस्थित सैनिक शारिरिक तालिम तथा खेलकूद केन्द्रमा आजदेखि सुरु भएको छ ।
प्रतियोगितामा सेनाका ६ वटा पृतनाहरु तथा मद्दती फौज, निर्देशनालय र विशेष फौज गरी १२ वटा टिमको सहभागीता रहेको रहेको छ । प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, महिला बक्सिङ्ग, महिला तेक्वान्दो, भलिवल, बास्केटवल, फुटवल, ह्याण्डबल, साईक्लिङ्ग कबड्डी लगायतका खेलहरु समाबेश गरिएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षतिले सो प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो । उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्न २०६५ सालबाट सुरु भएको थियो ।
सो अवसरमा प्रधान सेनापति क्षत्रीले साईक्लिङ्ग तर्फ २० कि.मि. र ४० कि.मि., एथ्लेटिक्स तर्फ ४०० मिटर महिला दौड र ८०० मिटर पुरुष दौडका खेलाडीहरुलाइ पुरस्कार वितरण गुर्नभएको थियो । कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी राजेन्द्रबहादुर कार्की प्रतियोगिताका बारेमा जानकारी दिनुभएको थियो ।