क्रिकेट प्रशिक्षक दासानाइकेले दिए राजीनामा

क्रिकेट प्रशिक्षक दासानाइकेले दिए राजीनामा

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् ।

प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

सन् २०११ देखि नेपाली टोलीका श्रीलङ्काली मूलका क्यानेडाली नागरिक प्रशिक्षक दासानायकले व्यक्तिगत कारणले राजीनामा दिएको बताइएको छ ।

उनकै प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा बङ्गलादेशमा विश्व ट्वान्टी–२० विश्वकप खेलेको थियो । यो क्रिकेटमा मात्र नभएर नेपाली खेलकुदकै अहिलेसम्मकै ठूलो उपलब्धि हो ।

राजीनामा दिए पनि अर्को महिना युएई पपुवा न्युगिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको एक दिवसीय खेलसम्म दासानायकेले नेपाली टोली हेर्ने क्यानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी