हारसँगै नेपालको यात्रा सकियो

हारसँगै नेपालको यात्रा सकियो

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, १९ असोज । इरानमा जारी एसियाली फुटबल महासङ्घ १९ वर्षमुनि (एएफसी यु–१९) छनोट प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको छ ।

आजको हारले आगामी वर्ष बहराइनमा यु–१९ एएफसी च्याम्पियनसिपमा खेल्ने नेपालको सम्भावना सकिएको छ ।

नेपाललाई निराश बनाउने क्रममा जोर्डनले खेलको ७ औँ, १४औँ र खेल सकिन अतिरिक्त समयमा गोल गरेको थियो । सुरुमै गोल खाएका कारण दबाबमा आएको नेपालले गोल फर्काउने प्रयास गरे पनि सफल भएन ।

पहिलो खेलमा नेपालले आयोजक इरानसँग नेपाली टोली १०–० को अप्रत्याशित हार व्यहोरेको थियो भने दोस्रो खेलमा कुबेतसँग १–१ को बराबरी खेलेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी