आलोचना

आलोचना

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 25.5K
    SHARES

‘प्रबृत्ति’ ‘लत’ ‘अमल’ यी सबै ‘बानी’ कै निकट पर्यावाची शब्द हुन् । परिभाषाकै कुरा गर्ने हो भने निरन्तर रुपमा ब्यक्तिको कार्यव्यवहारमा पुनराबृत्ति भइरहने र अनिच्छाले र अनभिज्ञताले प्रकट हुने कार्यशैली वा काम कुरालाई ब्यक्तिको बानी भन्छन् । बानी जति सुकै दुःसाध्य र कठिन परिस्थितिमा पनि पुनराबृत्ति भइरहने अचम्म र आश्चार्य लाग्दो एउटा घटनाक्रम हो । यो कुरा ऐच्छिकतालाई भन्दा पनि अनिवार्यतालाई विशेष रुपमा जोड दिइएको हुन्छ । नत्र भने चुरोटको बट्टामा स्पष्ट रुपमा लेखिएको “धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ” भनेर लेखेको देख्दा देख्दै पनि किन चुरोट पिउँनु पथ्र्याे र ? तसर्थ बानी अनावश्यक तर अनिवार्य भइसकेको हुन्छ ।
बानी धेरै थरिका हुन्छन्ः राम्रा नराम्रा, अचम्म र आश्चार्य लाग्दा जस्तै प्रचलित अवस्थामा रहेका बानीहरु मध्ये कुरा काट्ने, काम छल्ने, अरूको खुट्टा तान्ने जस्ता अनगिनत आनीबानीहरू हाम्रै गाउँ समाजमा छ्याप–छ्याप्ती भेटिन सकिन्छ । मानव जीवनको अन्त्यसँगै यस्को पनि अन्त्य हुने भएकोले जसको कुनै अन्त्य हुन नसक्ने ठहर गर्न सकिन्छ ।
‘कुरा काट्ने’ अर्थात ‘आलोचना गर्ने’ यो बानी हाम्रो गाउँ समाजमा यति प्रभावकारी र सशक्त बनि जरा गाडिएको छ जस्को जरा उखेलिन वा उखाल्न असम्भव झै देखिएको छ । किनभने नियतबश भनौं या भूलबश हामी पनि यस्तै प्रकारको जरालाई मलजल गरिरहेका हुन्छौं । आज मात्र हैन यो सदियौंदेखि चल्दै आएको सर्बब्यापी प्रचलन हो । समाजमा ब्याप्त आलोचनाको घेरा निकै ब्यापक र बलियो बन्दै गएको छ । यस्तो लाग्छ समाजमा आलोचकै आलोचकहरुले मात्र टन्न भरिभराउ भएको छ । केही हदसम्म यो कुरालाई नकार्न पनि मिल्दैन । घरको पालीदेखि गाउँको चोक र गल्लीसम्म, चिया पसलदेखि सिंहदरबारसम्म आलोचनाको खेती फल्ने अनि फुल्ने गर्दछ ।
भत्र्सना, निन्दा, टिकाटिप्पण, कुरा काट्ने यी सबै आलोचना कै समार्थी शब्द हुन् । यस कुराको सर्ब ब्यापकतालाई हामी सबैले अंगीकार गरेकै हो त्यसैले त हामी पनि कुनै न कुनै, कोही न कोहीद्वारा आलोचित वा कोही न कोहीलाई आलोचना गर्ने सम्बन्धमा अछूत रहन सकेको छैन । तथ्यगत र बस्तुगत आलोचनाले ब्यक्तिलाई सुधारोन्खतर्फ डो¥याउन सक्छ भने कपोकल्पित, भ्रामक र सुनेकै भरमा गरिएको आलोचनाले समाजलाई दीगभ्रमित पारिरहेको हुन्छ जसले गर्दा समाज दृष्टि भएर पनि दृष्टिबिहीन झैं छामछुमे पारामा चलायमान रहनु पर्छ ।
मलाई यसै सन्दर्भ रामायणको एउटा प्रसंगलाई उल्लेख गर्न मन लाग्यो । सीतालाई रावणबाट छुटाएर दरबार पु¥याए पछि मानिसहरुले कुरा काट्न थाले । चलेका कथा अनुसार एक व्यक्तिले ‘म राम हैन अर्कोसँग गएकीलाई फेरि भित्र्याउने’ भनि आफ्नो पत्नीसँग गरेको झगडा रामसम्म पुग्छ । कुल र राजसंस्थाको इज्जत जोगाउन भन्दै सीतालाई फेरि दरबारबाट निकालिन्छ । गर्भवती अवस्थामा भएकी सीताले समाजको अर्को झड्का बेहोरछिन् ।
यो त भयो हिन्दू ग्रन्थको एउटा प्रतिनिधि प्रसङ्ग मात्र, हाम्रै गाउँ समाजमा यस्ता तथ्यहीन प्रसङ्गहरु बग्रेल्ती भेटिन्छन् । तथ्य जस्तै लाग्ने तथ्यहीन प्रसङ्गहरुलाई बिना चेक जाँच, बिना परख र बिना अनुसन्धान नै तथ्य मानिहाल्ने बुद्धिजिबी, भलादमी र हामीहरुकै मथिङ्गलको उपज हुन् यस्ता प्रसङ्गहरु ।
मोति गहिरो तलाउ पाइन्छ, सतहमा मिल्केको सेतो टल्कने ढुङ्गालाई नै मोति सम्झी त्यसको उपदेयता र गुण दोषलाई केलाउनु किमार्थ राम्रो कुरा हैन । गाली नै गर्नुछ, आलोचना नै गर्नु छ भने त्यस्को गहिराइमा पुगेर, त्यस्को तथ्यमा टेकेर गाली गर्नु उक्तम हुन्छ । सुनेकै र भनेकै आधारमा सत्य मानिहाल्नु, सुनाउनेको शैलीगत कौशलता अनि सुन्नेको अनुसन्धानहीन सुनवाईले समाज पक्कै राम्रो बाटोतर्फ डोरिन सक्तैन । मान्नै पर्ने मान्छेहरु अमानी र बैमानीहरु मानी भएर हिडिरहेको अवस्थामा सत्यमार्गीहरुको लागि यो प्रसङ्गहरुले उनीहरुको मन मुटुलाई चिथोरिरहेको हुन्छ । अतः मान्ने र ठान्ने कुराहरुमा हत्तार नगरि हालौं ।
आज समाज जहाँ ८० प्रतिशत मिसावटमा चलिरहेको छ । २० प्रतिशत मात्र सत्यतथ्य र बस्तुगत हुने गरेको समाजमा घटित धेरै घटना र प्रसङ्गहरुले छर्लङ्ग पारेका छन् । त्यसैले हल्लै हल्लाको हाम्रो समाज भन्ने कुरामा थोरैको मात्र विमती रहला । सतही र बोक्रे गफमा गफिनेहरुको संख्यामा बढोत्तरी भइरहनु यो समाजमा कुनै नौलो आयम हैन । जुन समाजमा यस्ता कुराको बर्चश्व रहन्छ, विकास र रचनात्मक कार्य पनि उत्तिनै कमी हुने एक अध्ययनले पुष्टी पारेको छ । अरुको कुरा काट्ने बानी र ठूला भनौदाहरुको चाप्लुसी गर्ने बानीले गर्दा नै हामी नेपालीहरुको प्रगति नभएको समय सापेक्षले प्रष्ट पारेको छ । सत्य र तथ्यलाई अंगीकार गर्नु भन्दा पनि सुनेकै भरमा सत्यलाई तोडमोड गरिने जुन परिपाटी बसेको छ यहाँ यसैको दुष्परिणाम हो आजको समाज । कुनै पनि गल्ली र चोकमा जानोस् अनि श्रवण इन्द्रियलाई अलिक चनाखो पार्नाेस् “फलानो यस्तो, ढिस्कानो यस्तो” भन्नु बाहेकको अरु प्रसङ्ग सुन्न दुर्लभ रहन थाल्यो । ‘फालोनो यस्तो, ढिसकानो यस्तो भनिरहनु भन्दा पनि आफू को हूँ भनेर चिन्न सके घर परिवार, गाउँ समाज र देशको लागि केहि गर्न सकिन्थ्यो कि बरु ।
चोकमा, गल्लीमा बसेर अरुको बारेमा टिकाटिप्पण गर्नु भन्दा बरु घरैमा बसेर केही रचनात्मक कार्य गर्नु श्रेषकर हुन्छ । अतः हामीले एकपटक फुर्सद लिएर सोच्नुपर्ने बेला हो यो । के हामीलाई आलोचना गर्ने बानीले नराम्ररी गाँजिसकेको छ त ? यो बानी हामी भित्रै स्थापित नै भइसकेको हो त ? हो भने ती के कुराहरू हुन्, जसबाट हामी टाढा रहनुपर्छ, यसबाट बच्नुपर्छ ! त्यसैले विकास र समृद्धिको लागि पनि आलोचना नभएर समालोचना हुनु अत्यावश्यक रहेको यो तमाम घटना र प्रसङ्गहरुले चिच्याई चिच्याइ भनिरहेका छन् । त्यसैले आलोचना हैन समालोचनातर्फ उन्मुख हौं । केही गर्न चाहनेहरुलाई केही गर्न योग्य बाताबरणको सृजना गरौं । यदि राम्रो बाताबरण सृजना गर्न सक्नु हुन्न भने नराम्रो गर्ने पनि तपाईंलाई कुनै अधिकार छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी