काठमाण्डौ,१९ असोज ।
झापाको भद्रपुर नगरपालिका– १ स्थित मेचीपारीको गाउँलाई जोड्न मेची नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु गरिएको छ ।
नेपाल सरकारको लागतमा भ्याट वाहेक रु २ करोड ८५ लाख ९८ हजारमा पुलको निर्माण कार्य सुरु भएको हो । जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर शुसील श्रेष्ठका अनुसार निल गिरी सेवा प्रालि बानेश्वर काठमाडौँले पुलको निर्माणको जिम्मा लिएको छ ।
निल गिरीसंग भदौ ७ गते ठेक्का सम्र्झौता भएको र गत असोज ११ गतेबाट पुलको विधिवत उद्घाटन सुरु गरी निर्माण कार्य प्रारम्भ भएको श्रेष्ठले बताउनुभयो । पुलको लम्वाई २ सय ८० मिटर र चौडाई १३ मिटर रहने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline