काठमाडौँ, १९ असोज ।
यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी तीन हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको असार पहिलो साताको निर्णयअनुसार यो प्रक्रिया सुरु गरिएको हो । जसमा ट्याक्सी व्यवसायीलाई ६५०, आम नागरिकलाई ७०० र स्वरोजगार मजदुरका लागि ५०० ट्याक्सी दर्ताको प्रक्रिया सुरु गर्न लागिएको विभागले जनाएको छ ।
ट्याक्सी व्यवसायीका लागि ब्लु बुक, आम नागरिकका लागि नागरिकता र स्वरोजगारलाई स्वरोजगारको प्रमाणपत्र आवश्यक पर्ने विभागका प्राविधिक निर्देशक नवीनकुमार पोखरेलले जानकारी दिनुभयो ।
आम नागरिकका लागि ७०० निवेदन माग गरिएकामा सात हजार ९०७ परेकाले असोज २२ गते बालकुमारीको च्यासल फुटबल मैदानमा गोलाप्रथाद्वारा छनौट गरिने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline