पानी पसेपछि केरा खेतमै कुहिन थाल्यो

पानी पसेपछि केरा खेतमै कुहिन थाल्यो

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सप्तरी, १९ असोज ।

सप्तरीको भारदहस्थित कोशी पलारमा सयौँ बिगाहामा लगाइएको केरा खेतमा पानी पसेपछि कुहिन थालेको छ । स्थानीय कृषकले करिब एक हजार ५०० बिगाहामा लगाएको केरा खेतमै कुहिन थालेको हो ।

पूर्वी पहाडी जिल्लाबाट एक्कासी पानी आएर कोशी नदीमा जम्मा भएपछि कोशी नदिको छेउमै रहेको केरा खेतमा पानी पसेको हो । काटने बेलामा पानी जमेपछि केरा खेतमै नष्ट हुन थालेको स्थानीय हरीशंकर विश्वासले बताउनुभयो ।

पानी पसेपछि केराको बोट सुक्न थालेको र काटेर बिक्री वितरण गर्ने अवस्था नरहेको उहाँको भनाइ छ । बिगत ५३ दिनदेखिको बन्द हड्तालका कारण समेत केरा नष्ट भएको छ । बन्दका कारण केरा बिक्री वितरण नहँुदा किसान चिन्तित भएका छन् ।

यातायात बन्द हुँदा केरा खेतमै कुहिने गरेको हुनुमाननगर योगिनिमाई नगरपालिका–१ सकरदही निवासी रामदेब माझीले बताउनुभयो । यहाँको केरा काठमाडौँसहित पोखरा, नेपालगञ्ज, भैरहवा, बुटवल, झापा, इलाम, धनकुटासम्म बिक्रीका लागि लैजाने गरेको केरा व्यापारी तथा कृषक इन्द्रदेव लौगीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी