पेट्रोलियम समस्या अन्त्य हुन्छ : प्रधानमन्त्री

पेट्रोलियम समस्या अन्त्य हुन्छ : प्रधानमन्त्री

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, असोज १९ ।

प्रधानमन्त्री सुशील कोइरालाले बजारमा देखिएको पेट्रोलियम पदार्थको समस्या केही दिनभित्रै समाधान हुने दाबी गर्नुभएको छ ।

समस्या समाधान गर्न माग गर्दै उद्योग व्यवसायीले बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री कोइरालाले केही दिनमा सर्वसाधरणको दैनिकी सामान्य हुने बताउनु भयो ।

उहाले नेपालीहरुको चाडबाड नजिकिँदै गर्दा बजारमा असहज भएको पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले असन्तुष्ट मधेसी दलहरुसँगको वार्ता सकारात्मक भएको भन्दै संयम भएर अगाडि बढ्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

व्यवसायीहरुले उद्योग व्यवसाय धरासायी भएको, कतिपय उद्योग बन्द भएको, सुरक्षा नभएको भन्दै भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी