कांग्रेस महाधिवेशन आगामी फागुनमा

कांग्रेस महाधिवेशन आगामी फागुनमा

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, असोज १९ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । कांग्रेस पदाधिकारीको बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको मिति भने भोली बस्ने केन्द्रीय समितिको बैठकले टुंगो लगाउने सो पाटीका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसअघि कांग्रेसले यही असोज १ देखि ५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । आज बैठकमा समसामयिक राजनीतिक विषयका पनि सामान्य छलफल भएको नेताहरुले बताएका छन ।

सरकार गठनका विषयमा भने भोलि बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने उपसभापति पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी