काठमाडौ १९ असोज ।
तीन दलीय वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज वार्ता हुने भएको छ ।
बिहान १० बजेपछि सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा वार्ता हुने तयारी भएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
मोर्चाद्वारा गठित वार्ता टोलीको हिजो बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको थियो । आजको वार्तामा मोर्चाका तर्फबाट विभिन्न ३५ बुँदे माग पेस गर्ने तयारी भएको कर्णले बताउनुभयो ।
मोर्चाले सङ्घीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचल गायतका माग राख्दै आएको छ ।
नयाँ संविधानमा असन्तुष्टी जनाउदै मधेशी मोर्चाले विगत ५३ दिनदेखि तराईका विभिन्न जिल्लामा आन्दोलन चर्काउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline