‘विप्लव’ निकट माओवादी युवा संगठनको दोश्रो राष्ट्रिय सम्मेलन पोखरामा जारी

‘विप्लव’ निकट माओवादी युवा संगठनको दोश्रो राष्ट्रिय सम्मेलन पोखरामा जारी

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, १९ असोज ।

नेत्र विक्रम चन्द ‘ विप्लव’ निकट माओवादीको युवा संगठनको दोश्रो राष्ट्रिय सम्मेलन पोखरामा आज पनि जारी छ । सम्मेलनको माओवादी प्रबक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले हिजो उदघाटन गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा प्रकाण्डले अव देशमा दुई खाले सत्ता बनेको उदघोष गर्दे दुई सत्ता बिचको टकराव सुरु हुने बताउनुभएको छ ।

१२ बुँदे सहमति स्वीकारेर परिबर्तनलाई आत्मसाथ गर्छु भन्ने तत्कालीन सात राजनितिक दल र तत्कालीन राज्य सत्ताले अहिले आएर माओवादीलाई धोका दिएकोले अब सहमति उल्लघंन गरीएपछि माओवादी मात्र चुप लागेर नबस्ने उहाको भनाई थियो ।

शान्ती प्रकृया जनबिरोधी संबिधान घोषणा गरेपछि नै स्वतः भंग भएको प्रकाण्डले बताउनभयो । देशमा दलालहरुको उत्पादन गरेर आन्दोलन र सरकारमा पनि आफ्नै ऐजेन्टहरु खडा गरेर भारतले नेपालमा सधै एक छत्र राज गरेको भन्दै प्रकाण्डले एकातिर संबिधान जारी गर्न नदिने अनि अर्का्तिर संबिधानको पक्ष बिपक्षीमा पनि दलाल खडा गरेको दाबि गनुभयो ।

उहाले देशमा नाकाबन्दी गरेर नेपाली जनताको घाँटी समाउने भारतको प्रयास असफल हुने स्पष्ट पार्नुभएको छ ।

सुगौली सन्धीबाट सुरु भएको भारतको उपनिबेशको चरक रुप नै अहिलेको नाकाबन्दी भएकोले डटेर सामाना गर्न उहाले सबैमा अनुरोध पनि गनुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी पोलिटब्युरो सदस्य उमा भुजेल, केन्दीय सदस्य परशुराम रम्तेल, साबित्रा दुरा लगायतले बोल्नुभएको थियो । सम्मेलन आज सम्पन्न हुनेछ ।

देशभरबाट ३०० प्रतिनिधिहरु सहभागि भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ