नेपाली अन्डर १९ टोली आज जोडर्नसँग भिड्दै

नेपाली अन्डर १९ टोली आज जोडर्नसँग भिड्दै

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १९ असोज । 

ईरानमा जारी एएफसी अण्डर १९ फुटबल च्याम्पियनसीप छनोट अन्तरगत समुहको अन्तिम खेलमा नेपालले आज जोडर्नसँग प्रतिस्पर्धा गर्दैछ ।

सुरुवाती दुई खेलमा जित हात पार्न नसकेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक इरानसँग १०–० को फराकिलो गोल अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा कुवेतसँग १–१ को बराबरीमा रोकिएको थियो ।

आजको खेलमा जित हात पारेमा नेपालको अर्को वर्ष बहराइनमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना जिवित रहन्छ । तर त्यसको लागि समुहको अर्को खेलमा इरानले कुवेतलाई हराउनुपर्ने हुन्छ ।

समुहका दुई खेल सकिँदा ६ अंक जोडेको ईरान शीर्ष स्थानमा रहेको छ । ४ अंकका साथ कुवेत दोस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । लगातार दुई खेल हारेको जोर्डनले भने खाता खोल्न सकेको छैन ।

प्रतियोगिताको समुह विजेता, ५ वटा उत्कृष्ट उपविजेता टोली तथा आयोजक बहराईन समेत गरी कुल १६ टोलीले अर्को वर्ष बहराइनमा हुने एएफसी अण्डर नाइन्टिन फुटबलमा सहभागिता जनाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी