डाँडागाउँबासी खोला र कुवाको पानी खानुपर्ने बाध्यताबाट मुक्त

डाँडागाउँबासी खोला र कुवाको पानी खानुपर्ने बाध्यताबाट मुक्त

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, १९ असोज ।  

खोला र कुवाको पानीमा निर्भर दैलेखको सल्लेरी–डाँडागाउँका २९ घरधुरीका स्थानीय बासिन्दा टोलटोलमा नयाँ धारा बनाइएसँगै खुसी भएका छन् ।

स्थानीय गरिबी निवारण कोष नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) को सहजीकरणमा एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत देउली खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि डाँडागाउँमा खानेपानी समस्या हटेको हो ।

खोलामा एक घन्टादेखि दुई घन्टासम्म लगाएर दूषित पानी लिएर खानुपर्ने बाध्यता थियो । खानेपानी सामुदायिक संस्थाका सचिव तथा आयोजनाको कोषाध्यक्ष कृष्णबहादुर चन्दका अनुसार खानेपानी घरघरमै आएपछि टोलको सरसफाइदेखि हरेक कुरामा विकास भएको छ ।

उक्त देउली खानेपानी आयोजना निर्माणका लागि गरिबी निवारण कोषबाट रु ११ लाख ३३ हजार ७४५ र सामुदायिक संस्थाबाट रु तीन लाख १८ हजार १५० र गाविसबाट रु ५० हजार सहयोग प्राप्त भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ