आयल निगमले पठायो ८७ करोड क्षतिपूर्ति माग गर्दै आइओसीलाई पत्र

आयल निगमले पठायो ८७ करोड क्षतिपूर्ति माग गर्दै आइओसीलाई पत्र

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,१८ असोज ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात १५ दिनदेखि ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै इन्डियन आयल कर्पोरेसन आइओसीलाई क्षतिपूर्ति दाबी गर्दै द्रोस्रो पत्र पठाएको छ ।

निगमले आइओसीबीच भएको सम्झौता अनुसार नेपालमा तेल नआउँदा भएको घाटा भर्न कडा पत्र लेखेको हो । एनओसी र आइओसीबीच भएको ब्यापारिक सम्झौता बिटुबी सम्झौता अनुसार क्षतिपूर्ति भर्न निगमले भनेको छ ।

सम्झौतामा एनओसीले माग गरे अनुसार तेल आइओसीले उपलब्ध नगराए क्षतिपूर्ति दाबी गर्न सक्ने छ । बिटूबी सम्झौतामा दुबै पक्षले आपूर्तिमा कुनै अवरोध नगर्ने उल्लेख छ । तर, आइओसीले सम्झौताको उल्लंघन गरेपछि पत्र लेख्न बाध्य भएको निगमका प्रबक्ता दिपक बरालले जानकारी दिनुभयो ।

विश्व बैंकले हिजो निकालेको प्रतिवेदनले आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा खुम्चिने प्रक्ष्येपण गरेको छ । कूल २१ खर्बको अर्थतन्त्रमा अरबौ रुपैयाँ घाटा हुँदा आर्थिक वृद्धिदर सोच भन्दा धेरै तल झर्ने भएको हो । तर, निगमले १५ दिनमा कमाउने नाफा जोडदा मात्रै ८७ करोड रुपैयाँ पुगेको हो । एनओसी वेवसाइटमा गत महिना रोखेको नाफा अनुसार १५ दिनमा सो नोक्सान हुन पुगेको हो ।

एनओसीले शुक्रबार पेट्रोलियम पदार्थ रोक्ने निर्णयप्रति कडा आपत्ति जनाउँदै तेल नआएको अवधिको क्षतिपूर्ति भर्न इन्डियन आयल कर्पोरेसन आइओसीलाई कडा पत्र पठाएको हो । निगमले पठाएको पत्रमा तेल आपूर्ति नहुँदा आयल निगमले ठूलो बित्तीय घाटा र कम्पनीको साखमा परेको नकारात्मक प्रभावको आइओसीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।

आइओसीसँग सम्झौंता नभए पनि एनओसीले व्योहोर्नु परेको ठूलो बित्तीय घाटा र कम्पनीको साखमा भएको क्षतिमा आइओसीले क्षतिपूर्ति दिनुपर्छ निगमको पत्रमा भनिएको छ। पहिलो पत्र पठाउँदा आइओसीले कुनै प्रतिक्रिया नदिएपछि निगमले क्षतिपूर्ति सहितको दोस्रो पत्र पठाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी