राष्ट्रिय लिग फुटबलमा मनाङ–मस्र्याङ्दी विजयी

राष्ट्रिय लिग फुटबलमा मनाङ–मस्र्याङ्दी विजयी

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १८ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा मनाङ– मस्र्याङ्दीले एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको निर्धारित समयसम्म रोकेको एपिएफले खेलको दोस्रो हाफको इन्जुरी समयमा गोल खान पुग्यो । रुपेश केसीले गरेको एक नै मनाङ–मस्र्याङ्दीका निर्णायक गोल सावित भयो ।

केसीले खेलको दोस्रो हाफको अतिरिक्त समय ९० प्लस दुई मिनेटमा गोल गरेका थिए । जितसँगै मनाङ–मस्र्याङ्दी २२ अङ्कका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एपिएफ भने २० अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ ।

प्रतियोगितामा थ्रीस्टार २६ अङ्क जोड्दै पहिलो स्थानमा छ भने आर्मी २४ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यस्तै २४ अङ्क नै बटुलेको मोफसलको टोली झापा फुटबल क्लब गोलअन्तरका आधारमा लिगको तेस्रो स्थानमा छ ।

भोलि मङ्गलबार नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लब आमनेसामने हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी