कर्नाली विकासको दश वर्षे अवधारणा पत्रमा छलफल

कर्नाली विकासको दश वर्षे अवधारणा पत्रमा छलफल

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ, १८ असोज 
नेपाल सरकारका अधिकारीहरुले कर्नाली विकासका लागि संभावनाका क्षेत्र अथाह
भएकाले त्यसलाई क्षेत्रगत रुपमा केन्द्रित भई अगाडि बढाउनु पर्नेमा जोड
दिएका छन् ।

उनीहरुले कर्नाली विकास आयोगको आयोजनामा ‘कर्नाली विकासको दश
वर्षे आधार पत्र’ माथि छलफल गर्दै सो जोड दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य सचिव सुरेशमान श्रेष्ठले कर्नालीमा धानको
चामलमा पाइने तत्व आलुमा पाइने भएकाले आलु उत्पादनमा जोड दिए ।
‘कर्नालीमा हुने नुन चामलको राजनति यसले ब्रेक गर्छ’ उनले भने ।

यसैगरी महत्वपूर्ण जडिबुटीको खेती गरिनु पर्नेमा जोड दिदै उनले भने, ‘पर्यटनको
संभावना रहेको कर्नालीको हुम्लामा बाह्देउ भ्यु टावर, मुगुको छायानाथ
मन्दिर विश्वकै अग्लो स्थानको भएकाले त्यसलाई प्रचारमा ल्याई विकास गर्न
सक्नुपर्छ ।’
प्रा. डा. पुष्कर बज्राचार्यले प्रस्तुत गरेको अवधारणामा टिप्पणी गर्दै
पूर्व कर्नाली विकास आयोगका अध्यक्ष कलबहादुर रोकायाले कर्नाली विकासको
आधार उत्तर–दक्षिण जोड्ने ५ सडकमा जोड दिनुपर्ने बताए । सोही आयोगका
पूर्व सदस्य दीपकबहादुर बुढाले कर्नालीको विकासका लागि सकारात्मक
दृष्टिकोण निर्माण गरी अघि बढ्नुपर्ने दावी गरे । यस्तै राष्ट्रिय योजना
आयोगका सह–सचिव गोपीनाथ पौडेलले कर्नाली विकासको आधार ट्रेकिङ पर्यटन र
जलविद्युत क्षेत्र रहेको बताए । ‘तर यहाँ खाने बानीबाट परिवर्तन ल्याउन
आवश्यक छ’ उनले भने ।
संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकायाले कर्नालीको स्थानीय उत्पादनमा
जोड, ब्यवस्थित बस्ती विकास र पूर्वीय दर्शनको केन्द्र बाह्देउ भ्यु टावर
निर्माण गरे कर्नालीले काँचुली फेर्ने आधार पाउने दावी गरे । उनले भने,
‘यसका लागि केन्द्र सरकार सकारात्मक हुने र स्थानीय स्तरमा सक्रीय
सहभागिता हुन सक्न वातावरण बन्न सके कर्नाली  विकासको आधार निर्माण हुनेछ
।’
सोही छलफलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीहरु सागर आचार्य,
तीर्थ ढकाल, पुस्कर शाक्य, फुलदेव प्रधान, सुमन घिमिरे, इन्द्र पोखरेल
लगायतले भाग लिएका थिए । उनीहरुले दिएको प्रारम्भिक प्रतिक्रियालाई
समेटेर छिट्टै कर्नालीका जनप्रतिनिधिहरुको बीचमा छलफल गर्ने जानकारी
आयोगका कार्यकारी अधिकारी पार्वती अर्यालले दिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ