काठमाडौं, १८ असोज ।
ग्याँँस विक्रेता महासंघले सरकारले खाना पकाउनका लागि अविलम्ब बैकल्पिक इन्धनको व्यवस्था नगरे नेपाली जनताको धैर्यको बाँध फुट्न सक्ने बताएको छ । अनामनगरस्थित मिडिया इन्टरनेश्नलमा आज पत्रकार सम्मेलन गर्दै महासंघले यस्तो बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महांसघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतले अन्तराष्ट्रि मुल्य र मान्यता विपरित अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै नेपाली जनताले त्यसको शसक्त विरोध गरिरहेका बताउनुभयो ।
भारतको नाकाबन्दीका कारण नेपाली बजारमा खाना पकाउने एलपीजी ग्याँसको हाहाकार भएको अवस्थामा नेपाल सरकारले बैकल्पीक इन्धनको खोजी गर्नुको साटो चुप लागेर बसेको समेत उहाको आरोप छ ।
उहाले भन्नुभर्यो दशैं तिहारको पुर्व सन्ध्यामा नेपाली जनताको चुलो नबल्नुमा सरकार दोषी छ, एलपीजी ग्याँस आयातका लागि चीनसंग सम्झौता गरेर समस्या समाधान गर्न सकिन्थ्यो तर सरकारले त्यसो नगरि मौन बसेको छ यो उसको बेइमानी हो । ’
अहिले राष्ट्रिय स्वमधिनताका लागि नेपाली जनताले भोक प्यास सहेको भन्दै अध्यक्ष अर्यालले चाँडबाँडका बेलासम्म पनि खाने पकाउने ग्याँसको सहज आपुर्ती हुन नसके धर्यताको बाध भत्किने बताउनुभएको हो ।
साथै उहाले तत्काल चीनसंग सम्झौता गरेर एलपीजी ग्याँसको सहज आपुर्ती गर्न पनि माग गर्नुभएको छ ।
महासंघले नाकाबन्दीको बर्तमान समस्यायालाई कुटनीतिक ढंगबाट कसैसंग घुडा नटेकीकनै र भौगोलीक अखण्डतालाई कायमै राखि समस्या ममाधान गर्न सरकारलाई आग्रह गरेको छ ।