भारु साट्दा नेपालीहरु भारतीय बजारमा ठगिँदै

भारु साट्दा नेपालीहरु भारतीय बजारमा ठगिँदै

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

धनुषा, १८ असोज ।

तराई मधेसमा जारी अनिश्चितकालीन आम हडतालको मौका छोपी सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिने गरेकाले नेपालीहरु ठगिँदै आएका छन् ।

बन्दका कारण बैंकहरु बन्द भएपछि सिमावर्ती भारतीय बजारमा सामान खरिद गर्न पुगेका सर्वसाधारणलाई मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग भारु साट्दा मनपरी बट्टा शुल्क असुल्दै आएका छन् ।

भारतीय बजारमा हाल एक सय भारु लिनको लागि नेपाली १६८ देखि १७० रुपैयाँसम्म तिर्नुपरेको महेन्द्रनगर–२ का शशीभुषण गुप्ताको भनाइ छ ।

सीमावर्ती बासोपट्टी, जयनगर, दुहबी, भिट्ठाभोड, सुरसन्ड, कन्हवाँलगायत स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यापारीले सर्वसाधारण नेपालीलाई ठग्दै आएको गुप्ताले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ