काठमाडौ,१८ असोज ।
आन्दोलनरत पक्षका माग सम्बोधन र सरकार गठन लगायताका बिषयमा छलफल गर्न प्रमुख तिन दलको बैठक बसीरहेको छ ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायत तीन दलका वरिष्ठ नेताहरु सहभागी हुनुहुन्छ । तीन दलको शीर्ष बैठकपछि सर्वदलीय बैठक बस्ने तयारी छ ।
सबै दललाई समेटेर सर्वदलीय सरकार गठन गर्न सम्भव नभए पनि मुख्य दलहरुबीच सहमति जुटाएर बहुमतीय सरकार गठन गर्ने गृहकार्यमा दलहरु जुटेका हुन ।
प्रधानमन्त्री कोइरालाले अपरान्ह संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाउनु भएको छ । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आव्हान गरेकोले सहमति सरकार गठनबारे छलफल गर्न कोइरालाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline