दुर्घटनामा २० जना घाइते

दुर्घटनामा २० जना घाइते

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चितवन, १८ असोज ।

जुगेडीबाट नारायणगढतर्फ आउँदै गरेको स्थानीय रुटमा चल्ने मिनीबस भरतपुर उपमहानगरपालिका वडा नं २, आँपटारी नजिकै आज बिहान सडक किनारामा पल्टिँदा २० यात्रु घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ग१ख २२४६ नंको मिनीबस अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो ।

घाइतेहरूमध्ये गम्भीर अवस्थामा रहेका छजनाको चितवन मेडिकल कलेज र सामान्य घाइते भएका १४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहान ७ः४५ बजे भएको थियो । बसका चालक घटनापछि सम्पर्क्विहीन रहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ