काठमाण्डौ,१८ असोज ।
विराटनगरको जोगवनी नाकामा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
प्रदर्शनकारीलाई हटाउन खोजेपछि झडप भएको थियो । झडपमा परि मोर्चाका ५ जना कार्यकर्ता घाइते भएका छन । स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रमोद खरेलले जानकारी दिनुभयो ।
प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य भूराज राइ र रामविलास यादवलाई नियन्त्रणमा लिएको छ ।
हिजो दिउँसो भारतका भन्सार अधिकारी र नेपालका अधिकारी लगायतका सुरक्षा निकाय सहित भएको दुईपक्षीय सहमतिमा नाकाको अवरोध हटाएर आवगमन सुचारु गर्ने सहमति भएको थियो । सहमती अनुसार आवागमन सुचारु गर्न प्रहरीले धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई गयराती हटाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline