काठमाडौं, १८ असोज ।
रेडबुल राष्ट्रिय लिग फुटबल आज मनाङ मस्र्याङ्दी क्लव र सशस्त्र प्रहरी बलको एपिएफ बिच प्रतिस्पर्धा हुने भएको छ । खेल अपरान्न तिन बजे एन्फा कम्पलेक्स सादाबाटोमा हुनेछ ।
उपाधिको होडमा रहेका दुबै टोली जित हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रिदैछन । लिगको उपाधि दावेदारी रोचक बन्दै गएको अवस्थामा आजको खेलमा निकै प्रतिस्पर्धा हुने देखिएको छ ।
ललितपुरको थ्रि स्टार क्लब रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनी फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै थ्रि स्टार अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
१३ खेलबाट २४ अंक जोडेको आर्मी गोल अन्तरमा झापा–११ लाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline