लिभरपुलका प्रशिक्षक ब्रेन्डन रोजर्स पदबाट बर्खास्त

लिभरपुलका प्रशिक्षक ब्रेन्डन रोजर्स पदबाट बर्खास्त

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ १८ असोज ।  इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक ब्रेन्डन रोजर्सलाई पदबाट बर्खास्त गरेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपूल एर्भटनसँग १–१ को बराबरीमा रोकिएपछि प्रशिक्षक रोजर्सलाई बर्खास्त गरेको हो ।

रोजर्सलाई बर्खास्त गरेको जानकारी गएरातिको खेल सकिएपछि दिइएको भएपनि क्लबले त्यस अघि नै उनलाई हटाउने निर्णय गरिसकेको थियो ।

अब रोजर्सको ठाउँमा बोरुसिया डर्टमुण्डका पूर्व प्रशिक्षक जर्गेन क्लप प्रशिक्षकको रुपमा आउने सम्भावना छ ।

तर चेल्सी तथा रियल मड्रिडका पूर्व प्रशिक्षक कार्लोस एन्सिलोटी तथा अजाक्सका प्रशिक्षक फ्र्रयांक डी बोअरको पनि चर्चा चलेको छ ।

यो सिजन खराब प्रदर्शन गरेको लिभरपुल ८ खेल सकिँदा १२ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

रोजर्सलाई बर्खास्त गर्ने निर्णय लिन निकै कठिन भएको तर यसले क्लबको प्रदर्शन सुधारका लागि सहयोग गर्ने अपेक्षा गरिएको लिभरपुलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी