काठमाडौँ, १७ असोज
फर्जी लगानी गरेको देखाई रकम हिनामिना गर्ने मुक्तिनाथ विकास बैंक लघुवित्त डेक्स कार्यालय दुलेगौडा तनहुँका का.मु.सहायक अधिकृत सर्लाही जानकीनगर–८ घर भएका ३४ बर्षीय असराज खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडबाट ३६ लाख ५४ हजार ५ सय १७ किर्ते रुपमा फर्जी लगानी गरेको देखाई रकम निकासा गरी लिई फरार रहेका मध्ये खनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शनिबार काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–१३ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
खनाललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँमा पठाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline