नेपाल र कुवेतबीचको खेल एक एक गोलको बराबरीमा टुगिंयो

नेपाल र कुवेतबीचको खेल एक एक गोलको बराबरीमा टुगिंयो

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १७ असोज ।

इरानमा जारी एएफसी अन्डर १९ छनोट च्याम्पियनसीपमा नेपालले आज कुवेतसँग १–१ गोलको बराबरी खेलेको छ ।

समेन अल एमेह रंगाशालामा भएको खेलमा बलियो टोली कुवेतलाई नेपालले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
नेपालका लागि बिमल घर्ती मगरले ६१ औ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । तर कुवेतले खेलको ७१ औं मिनेटमा खालीदको गोलबाट बराबरी गरेको थियो ।
यो बराबरीसगै नेपालले एक अंक जोडेको छ । पहिलो खेलमा आयोजक इरानसँग १० ÷ ० को लज्जास्पद हार बेहोरेको नेपाली टोली कुवेत विरुद्धको खेलमा सुधारिएको प्रर्दशन गर्दै अगाडी बढेका थिए । दोस्रो हापमा दुवै टिमले एक एक गोल गरेका थिए ।
हालै काठमाडौमा सम्पन्न प्रथम साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेर उच्च मनोबलका साथ इरान पुगेको नेपालले पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेको थियो ।  समुह ई मा रहेको नेपालले आगामी मंगलबार जोडर्नसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समुह विजेता , उत्कृष्ट पाँच उपविजेता र आयोजक बहराइनले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी