उखानेले कसरी देश चलाउँछभन्दा दुःखित छैन : ओली

उखानेले कसरी देश चलाउँछभन्दा दुःखित छैन : ओली

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, १७ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने आलोचनाबाट दुःखित नहुने बताउनु भएको छ ।

लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ यात्रा निबन्ध ‘कुञ्जिनीको गामवेंशी’ को आज यहाँ लोकार्पण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “उखानेले कसरी देश चलाउँछ भनेर पनि मलाई भन्ने गर्छन् तर पञ्चायतकालमा भूमिगत हुँदादेखि वा जेलमा रहँदा दुःख मनाउका बेला अरु गीत गाउँथे, म उखानको प्रयोग र आपसी रमाइलो तथा आनन्द दिलाउँथे ।”

प्रधानमन्त्री पदका दाबेदार रहनुभएका अध्यक्ष ओलीले आफ्ना मालेकालदेखि सहयात्री रहनुभएका लेखक नेपाल बहुआयामिक व्यक्तित्वका धनी भएको बताउँदै राजनीति र सङ्गठनको कामसँगै साहित्यिक यात्रालाई एकैसाथ लान सक्नुभएकामा प्रशंसा गर्नुभयो ।

लेखक नेपालले आफ्नो बाह्राँै यात्रा निबन्धका रुपमा ‘कुञ्जिनीको गामवेशी’ ल्याएको बताउनुभयो ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आर्थिकरुपमा जर्जर भएको संस्थालाई बचाउन विभिन्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

अक्फोर्ड इन्टरनेसनल पब्लिकेसन्सद्वारा प्रकाशित सो पुस्तकमा २१ वटा नियात्रा समावेश छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी