संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता : अध्यक्ष दाहाल

संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता : अध्यक्ष दाहाल

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, १७ असोज । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट बनेको संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकताको आवश्यकता औँल्याउनुभएको छ ।

पार्टी केन्द्रीय कमिटीले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान र कार्यान्वयनका चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । संविधान बनाउन नदिन कुनै शक्ति लागे पनि त्यो पराजित भएको उहाँको भनाइ थियो ।

“संविधान बनाउने काममा अवरोध गर्न नसकेपछि त्यो अदृश्य शक्ति राष्ट्रिय एकताको सरकार बनाउनबाट रोक्ने खेलमा लागेको छ, संविधान बने पनि कार्यान्वयनका लागि राम्रो कानुन बन्न आवश्यक भएकाले कानुन बनाउने बेलासम्म प्रमुख दलका बीचमा एकताको आवश्यकता छ”–उहाँले भन्नुभयो ।

एकताका लागि पार्टीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । “संविधानअन्तर्गत कानुन बनेर र सङ्घीय संरचना निर्माण भएर कार्यान्वयन नहुँदासम्म राष्ट्रिय एकताको आवश्यकता छ”– उहाँले भन्नुभयो ।

संविधान संशोधन भएर परिमार्जन हुँदै जाने भएकाले मधेसका समस्या पनि समाधान गरिँदै जानुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभाबाट संविधान आउनु ऐतिहासिक उपलब्धि र महत्वको विषय भएकाले यसमा सबैले गौरवको अनुभूति गर्नुपर्ने बताउनुभयो ।

“संविधानमा पहिलोपटक परराष्ट्र नीति स्वतन्त्र हुने व्यवस्था गरिनु सकारात्मक छ, अपरिवर्तनीय भन्ने केही छैन, यसैले क्रान्तिबाट आवश्यक विषय संशोधन गर्न सकिन्छ, संविधानमा शतप्रतिशत कसैका मुद्दा समावेश हुन नसकेकाले सहमतिको दस्तावेज हो”– उहाँले भन्नु भयो ।

समाजवादी परिवार दलका अध्यक्ष प्रेमबहादुर सिंहले सानातिना विषयमा लड्ने प्रवृत्तिको अन्त्य गरी विकास निर्माणका काममा लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा पूर्वसभासद् एवम् महिला अधिकारकर्मी सपना प्रधान मल्ल, प्रा डा सुधा त्रिपाठी, इस्लामी सङ्घका अध्यक्ष मजबुर हुसेन, अलित अधिकारकर्मी पद्म सुन्दासलगायतका वक्ताले संविधानमा सबै वर्गका हकअधिकार समावेश गरिए पनि पूरा नभएकाले संशोधनमार्फत थपिँदै जानुपर्नेमा जोड दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी