शोक प्रस्ताव पारीत गर्दै संसद बैठक स्थगीत

शोक प्रस्ताव पारीत गर्दै संसद बैठक स्थगीत

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, १७ असोज ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा दुईवटा शोकप्रस्ताव पारीत भएका छन ।

नेपाली काँग्रेसका नेता नरबहादुर थापा र एनेकपा माओवादीका नेता रामचरण चौधरीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आगामी शुक्रबारसम्मका लागि स्थगीत भएको छ ।

गोर्खा परिषद्बाट २०१५ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेसका नेता थापाको ९० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।

यसैगरी २०६४ सालको संंविधानसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं ४ बाट निर्वाचित एनेकपा (माओवादी)का नेता तथा पूर्वमन्त्री चौधरीको असोज १५ गते निधन भएको थियो ।

त्यसअघि सभामुख सुवास नेम्वाङले राष्ट्रपतिबाट सातदिनभित्र नयाँ मन्त्रिमण्डल गठन गर्नका लागि गरिएको आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

संसद्को अर्को बैठक शुक्रबार दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी