तीन दलीय टोली र मोर्चाबीचको वार्ता सकारात्मक

तीन दलीय टोली र मोर्चाबीचको वार्ता सकारात्मक

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १७ असोज ।

प्रमुख तीन दलीय वार्ता टोली र आन्दोलनरत संघीय लोकतान्त्रिक मोर्चाबीच भएको आज भएको वार्ता सकारात्मक भएको बताइएको छ ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालयमा भएको वार्ता सकारात्मक भएको तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले जानकारी दिनुभयो ।

उहाँले वार्ताको वातावरण बनाउन सरकारले गरेका विभिन्न निर्णय तल्लो स्तरसम्म कार्यान्वयन गर्न देखिएका प्रशासनिक ढिलाइलाई सरकारले तत्काल सम्बोधन गर्ने विषयमा मोर्चालाई आश्वस्त पारेको जानकारी दिनुभयो ।

छलफल सकारात्मक रुपमा अघि बढेको र मोर्चाले अघि सरेको कतिपय माग संविधान संशोधन तथा राजनीतिक तहमा छलफल गरेर टुङ्गो लगाउनुपर्नेमा सहमति भएको तीन दलीय वार्ता टोलीले जनाएको छ ।

मोर्चाले वार्ता वातावरण बनाउन आन्दोलनमा मृत्यु भएका परिवारलाई राहत, मुद्दा लागेको निर्दाेषलाई रिहा, घाइते भएकाको उपचारको व्यवस्था तत्काल हुनुपर्ने माग गरेको थियो । मोर्चाका सो मागलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै तत्काल सम्बोधन हुने आश्वासन दिएको छ ।

यसबाहेक छलफलमा संघीयताको सीमानामा नमिलेका विषयमा समेत मोर्चाले सरकारलाई ठोस प्रस्ताव ल्याउन सुझाएको उपाध्यक्ष जितेन्द्र देवले जानकारी दिनुभयो । छलफलमा मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, निर्वाचन निर्धारण पुनरावकलोकन, नागरिकतालगायत विषयमा पनि सत्तापक्षलाई भोलिसम्ममा मस्यौदा ल्याउन र त्यसमा छलफल गरेर टुङ्ग्याउने सहमति भएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी