१७ असोज धरान
योग,प्रणायाम,ध्यानका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएका अन्र्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङ्ग धरानले आईतबार नवचेतना शिबिर सम्पन्न गरेको छ ।
धरान १० स्थित सत्य शिशु सदनमा एक कार्यक्रममका बीच सो शिबिर सम्पन्न गरेको हो ।
एस एल सी परिक्षको तयारि दिने अवस्थामा रहेका बिद्ययालका करिब २०÷२५ जना बिद्यार्थीको सहभागितामा सो शिबिर सम्पन्न गरेको शिबिरका प्रशिक्षक अनुसुईया ज्ञवालीले जानकारी दिनुभयो ।
उहा“ले बिद्यार्थीहरुको मन लाई एकाकृत तथा चन्चलता बाट मुक्त गर्नका लागी सो शिबिरको आयोजना गरिएको बताउनुभयो ।
त्यस्तै सोही कार्यक्रममा धरानका बिभिन्न स्थानमा नवचेतना शिबिर लिदै आईरहनुभएका प्रशिक्षक जनक खड्काले युवा अवस्थामा कुलतमा फस्ने अत्याधिक डर हुने भएकाले यस्तो खालको शिबिर उपयोगी हुने बताउनुभयो ।
बिभिन्न उमेर समुह भएकाहरुका लागी निरन्तर चलिरहने सो शिबिरबाट हाल सम्ममा हजारौले लाभ लिईसकेको पनि खड्काले जानकारीदिनुभयो ।
कम्तीमा ५ दिन सम्म चल्ने यो शिबिरमा प्रणयामा,ध्यान ,भष्त्रिका,सुर्दशन क्रिया लगायत ज्ञानगुनका कुराहरु सिकाईएको द आर्ट अफ लिभिङ्गका स्यमसेवक एबम नवचेतना शिबिरका प्रशिक्षक अनुसुईया ज्ञावालीले जानकारीदिनुभयो ।