काठमाण्डौ,१७ असोज ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी शत्रुतापूर्ण व्यवहार भएको टिप्पणी गर्नुभएको छ ।
पोखरामा नेवाः पत्रकार पुचले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बिजुक्छेले बेलाबेलामा छिमेकी देश भारतले नेपालमाथि गर्ने गरेका यस्ता विस्तारवाद र एकाधिकारजस्ता व्यवहारवाट युवा पुस्ताले आत्मनिर्भर हुने पाठ सिक्नुपर्ने बताउनु भयो । उहाँले राज्यले आवश्यक वस्तु भण्डारण गरेर राख्न नसक्नु दुःखद भएको उल्लेख गर्नु भयो ।
प्रमुख दलबिच विगतमा भएका भद्र सहमतिअनुसार नयाँ प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै हुनुपर्ने उहाको भनाई छ । अध्यक्ष बिजुक्छेले मित्रराष्ट्रहरूमा सरकारले अनुभवी र भाषा विज्ञ राजदूत नियुक्ति गर्न सुझाव पनि दिनुभएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline