गुरुङको निधनमा राप्रपा नेपालले सात दिन शोक मनाउने

गुरुङको निधनमा राप्रपा नेपालले सात दिन शोक मनाउने

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,१७ असोज ।

राप्रपा नेपालले महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा सात दिन शोक मनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बिहान धुम्बाराहीमा बसेको आकस्मिक बैठकले महामन्त्री गुरुङको निधनमा सात दिनसम्म शोक मनाउने, तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निणर्य गरेको सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याउने र वैद्धिक परम्पराअनुसार दाहसंस्कार गर्नेलगायत व्यवस्थापनका लागि पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

अमेरिकाको कोलोराडोमा क्यान्सरको उपचार गराइरहेका गुरुङको गएराति मृत्यु भएको थियो । स्याङ्जाको पञ्चमूल सिरुवारीमा २०१२ सालमा जन्मिएका गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद् हुनुहुथ्यो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी