काठमाडौं, १७ असोज ।
हेटौंडाबाट काठमाडौं जोड्ने बैकल्पिक सडकको काम तीव्र गतिमा भईरहेको छ । तत्कालिन कान्ती राजपथको ट्रयाक चौडाई गरी सडम स्तरोन्नतीको काम भइरहेको हो ।
सडक डिभिजन कार्यालय ललितपुरले सन २०१६ साल भित्र सम्पन्न गर्ने गरी २०७० असारबाट सडक स्तरोन्नती कार्य सुरु गरेको थियोे ।
मकवानपुरको हेटौंडा उप महानगरपालिका, गढी गाविस, ढिंगन गाविस, सुकौरा गाविस, इपा पञ्चकन्या गाविस हुंदै ललितपुरको छपेली, तिनपाने, भट्टेडांडा र टीका भैरब हुंदै सात दोबाटोसम्म ९० किलो मिटर बाटो खोलिएको हो ।
पछिल्लो समय पृथ्वी राजमार्ग भएर मालबाहक सबारी कान्तीलोक पथ स्तरोन्नती पछि मालबाहक सबारी साधनलाई हेटौंडाबाट काठमाडौं आवत जावत गर्न जम्मा ३ घण्टा लाग्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline