उत्तरी मुस्ताङको कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

उत्तरी मुस्ताङको कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौ , १७ असोज ।  

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् ।

मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् ।

वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले जानकारी दिनुभयो ।

नेपालका परराष्ट्र सचिव र चीनका रातदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो । सन् २०१२ मा पनि यस्तै सम्झौता भए पनि नाका सञ्चालन हुन सकेको छैन ।

कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ ।

उपल्लो मुस्ताङमा सञ्चालन भइरहेका मोटरसाइकलले अहिले पनि तिब्बतबाटै पेट्रोल लिँदै आएका छन् । पेट्रोलियम पदार्थ ल्याउन केही लामो दूरी पार गर्नुपर्ने भएपनि अन्य सामग्री तत्काल ल्याउन सकिने देखिएको ढकालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ