राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, १७ असोज ।

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन भएको छ ।

अमेरिकाको कोलोराडोमा नेपाली समय अनुसार गए राती ८ बजे उपचारका क्रममा निधन भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

२०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मीनुभएका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र नेपाल युवा संगठनको सभापति बन्नुभएको थियो ।

राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालको महामन्त्री समेत बन्नुभएको थियो । ६१ वर्षीय गुरूङका १ छोरा, एक छोरी र श्रीमती छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी