आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारे छलफल गर्न मधेशी मोर्चाको बैठक बस्दै

आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारे छलफल गर्न मधेशी मोर्चाको बैठक बस्दै

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १७ असोज ।  

लामो समयदेखि जारी आन्दोलनको समीक्षा तथा भावी रणनितिबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ ।

नयाँ संविधानमा असन्तुष्टी जनाउदै तराइ मधेशमा जारी आनदोलन तथा अबको रणनितिको बारेमा छलफल गर्नका लागि बैठक बोलाएको मोर्चा आवद्ध दल संघीय समाजवादी पार्टीका उपाध्यक्ष लालबाबु राउतले जानकारी दिनुभयो ।

भारतले नाकाबन्दी फिर्ता लिएसँगै मोर्चाले भारतीय सीमामा जारी राखेको नाकाबन्दी सहितको आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारे आजको बैठकमा छलफल हुने राउतले बताउनुभयो ।

भारतले नै नाका खुला गरी सामान ढुवानी गर्ने तयारी गरेपछि नाकाबन्दी गरी काठमाडौलाई दवाव दिने आफूहरुको रणनिति असफल भएको आँकलन गर्दै आन्दोलनको स्वरुप फेरबदल गर्न लागेको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी