तराईका जिल्लामा आज जितिया पर्व मनाईँदै

तराईका जिल्लामा आज जितिया पर्व मनाईँदै

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, १७ असोज ।

तराईका जिल्लामा आज धार्मिक विधिपूर्वक जितिया पर्व मनाईँदै छ । मैथिल समुदाय र थारु जातिका आमाहरुले आ–आफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका लागि यो पर्व मनाउने गर्दछन । आज राति ८ बजेदेखि विधिवत रुपमा ब्रत बसेर पर्वको शुभारम्भ भएको मानिन्छ ।

असोज कृष्ण अष्टमी तिथिमा यो पर्वको उपवास सुरु हुने र नवमीमा उपवास सम्पन्न हुने पण्डित रासमोहन झाल बताउनुभयो । हिन्दू धर्मावलम्बीहरूले उपवास गर्ने पर्वहरूमा सबैभन्दा बढी समयसम्म उपवासमा बस्नुपर्ने र सो अवधिमा थुक पनि निल्न नपाउने कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर पर्वका रुपमा चित्रण गरिएको छ ।

तिथिको समयको हेरफेर भएका कारण ओटघनको साइत नपरेकाले व्रतालुहरूलाई लगातार ३६ घन्टासम्म निराहार बस्नुपर्ने पण्डित झाले बताउनुभयो ।

पर्वको तिथिको समयअगावै अर्थात सप्तमी तिथिको उत्तराद्र्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु आमाका साथै परिवारका सम्पूर्ण सदस्यहरू दही–च्युरा, मिठाई, फलफूललगायतका भोजन सामग्री खाने गर्दछन । यसलाई ‘ओटघन’ भन्न्ो गरिन्छ ।

अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने प्रचलन समेत रहि आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ