काठमाडौ १७ असोज ।
इरानमा जारी एएफसी अन्डर १९ छनोट च्याम्पियनसीपमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समयअनुसार आज साँझ साँव ६ बजेपछि इरानको समेन अल एमेह रंगाशालामा सुरु हुनेछ । नेपालका लागि कुवेत पनि बलियो टोली हो ।
पहिलो खेलमा आयोजक इरानसँग १०-० को लज्जास्पद हार बेहोरेको नेपाली टोली कुवेत विरुद्धको खेलमा सुधारिएको प्रर्दशन गर्ने लक्ष्यका साथ मैदान उत्रिदैछ ।
हालै काठमाडौमा सम्पन्न प्रथम साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेर उच्च मनोबलका साथ इरान पुगेको नेपालले पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेको थियो ।
समुह ई मा रहेको नेपालले आगामी मंगलबार जोडर्नसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समुह विजेता , उत्कृष्ट पाँच उपविजेता र आयोजक बहराइनले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline